रास्वपाले गर्यो गैँडाकोट ८ को वडा समिति गठन 

२०८० जेठ ६ शनिबार १६:०२:०० मा प्रकाशित


गैँडाकोट
राष्ट्रिय स्वतन्त्र पार्टी गैँडाकोट ८ ले वडा भेलाबाट वडा समिति गठन गरेको छ । गैँडाकोट ८ मा आयोजित एक भेलाले तारानाथ सुबेदीकोे सभापतित्वमा ११ सदस्यिय समिति गठन गरेको छ । जसको उपसभापतिमा बबिता कुँवर, सचिव हरिप्रसाद शर्मा, सदस्यहरुमा कोपिला पौडेल, सन्दिप परियार, आयुष पौडेल, कलाधर पौडेल, खगराज गौतम, भक्तिराम अर्जेल, खिमानन्द शर्मा र दुर्गे तामाङ चयन हुनुभएको हो । 
सो वडा भेलामा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका सभापति राजन गौतमले युवाहरु देश बनाउन एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले भष्ट्राचार विसंगति अन्त्य, सुशासन र देश विकासका लागि सबै लाग्नुपर्ने बताउँदै अव देश बनाउने जिम्मेवारी युवाको काधमा रहेको बताउनुभयो । 
सो भेलामा पार्टीका प्रदेश सदस्य मिना शर्मा, जिल्ला सभापति नरिश्वर लामिछाने, संस्थापक सचिव रामचन्द्र लामिछाने, बिभिन्न वडाका प्रतिनिधिहरु र सदस्यहरु ऋषिराम भण्डारी, राम काप्री, युवराज कार्की, विमल घिमिरे, मनिलाल अधिकारी लगायतले पार्टीमा आवद्ध सबैले एकले अर्कालाई सम्मान गरि मिलेर अगाडी बढे ८४ सालको निर्वाचनमा १८४ सिट सहजै ल्याउन सकिने बताएका छन् । को कहाँ बाट आएको भनेर नहेरी देशलाई समृद्ध र विकसित बनाउन सबैले हातेमालो गरेर अगाडी बढ्ने बताएका छन् । 
सो भेला राष्ट्रिय स्वतन्त्र पार्टी गैँडाकोट नगर समिकिा कार्यवाहक सभापति ज्ञानहरि कँडेलको अध्यक्षतामा भएको भएको थियो ।