गैँडाकोटमा कुकुर आतंक

गैँडाकोट नगरपालिकामा मंगलबार साझदेखि सामुदायिक बौलाह एक कुकुरले करिब १५ जनालाई टोकेपछि स्थानीय आंतकित बनेका छन् ।
गैँडाकोटका १५ जनासम्मलाई उक्त कुकुरले टोकेको जानकारीमा आएको गैँडाकोट नगरपालिकाको पशु सेवा केन्द्रका अधिकृत रमेश ज्ञवालीले जानकारी दिनुभयो । सो कुकुरलाई नियन्त्रणमा लिने प्रयास गरिएपनि नियन्त्रणमा लिन सकिएको छैन ।
कालो, खैरो, पातलो र अग्लो खालको कुकुर रहेकोले यस्तो कुकुर देखेमा नगरपालिका, प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरिएको छ । सो कुकुरको खोजी कार्य जारी रहेको र कसैले देखेर जानकारी गराए उद्धार गरिने पनि उहाँले बताउनुभयो ।
नगरपालिकाले कुकुरको टोकाईबाट बच्न, यदि टोकेमा नगर अस्पताल भेडावारीमा रेविज विरुद्धको खोप लगाउन आग्रह सहितको सूचना जारी गरेको छ ।