रास्वपाले गर्यो मौलाकालिका सिढिमार्गको सरसफाई

२०८० जेठ १३ शनिबार १५:४४:०० मा प्रकाशित

गैँडाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मौलाकालिका सिढिमार्ग सरसफाई गरेको छ ।

रास्वपा गैँडाकोट वडा नम्बर १ र २ ले सरसफाई आयोजना गरेको हो । धार्मिक क्षेत्रको सरसफाई र फोहोर व्यवस्थापनको सचेतना नागरिकलाई दिन नमुना कामको रुपमा आज मौलाकालिकाको फेदीदेखि मन्दिर सम्म सरसफाई गरिएको रास्वपा नगर सचिव टिकाराम लामिछानेले जानकारी दिनुभयो ।

अव आउँदा दिनहरुमा नारायणी नदि किनारको सरसफाई गर्ने साथै नगरपालिका, सार्वजनिक संस्था परिसरको सरसफाईमा टेवा पु¥याउने हेतुले कार्यक्रम गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो ।  
गैँडाकोट वडा नम्बर १ पार्टी सभापति गणेश घिमिरेले मौलाकालिका मन्दिर धार्मिक र पर्यटकिय क्षेत्रको रुपमा विकसित हुँदै गएकाले त्यहा पुग्ने धार्मिक र पर्यटकिय व्यक्तिलाई सरसफाईमा सचेत गराउन कार्यक्रम गरिएको बताउनुभयो । 
गैँडाकोट वडा नम्बर २ का पार्टी सभापति रामु रिजालले सबै एक भए सामाजिक काम गर्नुपर्ने कुरामा जोड दिन यो कार्यक्रम गरिएको बताउनुभयो । 
मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सालिकग्राम सापकोटाले सचेतना र सरसफाईका कार्य सदैव गर्नुपर्ने बताउनुभयो । र आजको कार्यक्रमका लागि रास्वपालाई धन्यबाद ज्ञापन गर्नुभयो । 
सरसफाईमा रास्वपाका करिव ३० जनाको सहभागिता रहेको थियो ।