विनयी त्रिवेणीको बेरुजु रू. ३ करोड ६८ लाख ३ हजार 

२०८० जेठ १६ मंगलबार १०:४४:०० मा प्रकाशित

विनयी त्रिवेणी । विनयी त्रिवेणी गाउँपालिकाको लेखापरीक्षणबाट रू. ३ करोड ६८ लाख ३ हजार बेरुजू देखिएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षणमा सो बेरुजू देखिएको हो । 

सोमध्ये प्रतिक्रियाबाट रु. ८ लाख ५३ हजार फस्र्यौट भई बाँकी बेरुजू असुल गर्नुपर्ने रू. ४२ लाख ९७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. २ करोड २० लाख ८३ हजार, नियमित गर्नुपर्ने रू. ९२ लाख ८० हजार र पेश्की रू. २ लाख ९० हजार रहेको छ । पालिकाको गतवर्ष सम्म रु. ९ करोड ३१ लाख ७ हजार बेरुजू बाँकी रहेकोमा यस वर्ष सम्परीक्षण बाट रु. ६९ लाख २१ हजार पछयौट भई हालसम्मको अद्यावधिक बेरुजू रु. १२ करोड २१ लाख २४ हजार रहेको छ । 

बेरुजु भन्नाले प्रचलित कानून बमोजिम पु¥याउनु पर्ने रीत नपु¥याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औंल्याइएको वा ठह¥याएको कारोबार हो ।

पालिकाको लेखापरीक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको, असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दीअनुसार स्थायी पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको, अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको, लगायतका व्यहोरा लेखापरीक्षण प्रतिवेदनमा औल्याइएको छ ।