पूर्वी नवलपरासीको सिडिओका १२६ दिनका १२६ फेहरिस्त

२०८० जेठ १७ बुधबार १७:५८:०० मा प्रकाशित

गैँडाकोट । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्ला बसाईका १२६ दिनका १२६ काम सार्वजनिक गर्नुभएको छ । गत २०७९ माघ ११ गते जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रमुख जिल्ला अधिकारीको पदवहालीसँगै उहाँले गरेका कामको फेहरिस्त सार्वजनिक गर्नुभएको हो । 

प्रमुख जिल्ला अधिकारी लम्सालले १२६ दिन यस जिल्लामा बस्दा सामान्य लेखाजोखा, बैठकसँगै गरेका गतिविधिहरु एवं कार्यसम्पादन उल्लेख गर्नुभएको छ । 

प्रमुख जिल्ला अधिकारीको सचिवालयले सार्वजनिक गरेको विवरणमा कार्यालयको आन्तरिक व्यवस्थापनतर्फ, नमुना सदरमुकाम निर्माणतर्फका काम, विपद् व्यवस्थापनतर्फ, पालिकाहरुसँगको समन्वय र सहकार्यतर्फ, सञ्चारजगततर्फ, विभिन्न दिवस समारोहमा सहभागिता र समन्वय, बैठक र विविध शिर्षकमा गरी १२६ काम उल्लेख गरिएको छ । 

हेर्नुहोस् १२६ दिनका १२६ फेहरिस्त