किसान साकोसको उदेश्य, सदस्य उद्यमशिलतामा जोड

२०८० जेठ २१ आइतबार १९:०६:०० मा प्रकाशित

गैँडाकोट । किसान बचत तथा ऋण सहकारी संस्था लि. गैँडाकोटले उमद्यशिलता विकासका लागि सदस्यहरुलाई ५ दिने गुडिया बनाउने तालिम दिएको छ । संस्थाको गैंडाकोट ४ मा रहेको सहज सेवा केन्द्रको सभाहलमा सञ्चालित कार्यक्रममा बोल्दै संस्थाका कार्यवाहक अध्यक्ष भोजराज पौडेलले पछिल्लो समय विश्व अर्थतन्त्रमा देखिएको असरलाई कम गर्ने हेतुले सिपमुलक तालिम सञ्चालन गरिएको बताउनुभयो । साकोसले सञ्चालन गरेको किसान महिला समुह संचरना कार्यक्रम अन्तर्गत समुहहरुबाट सिफारिस भई आएका ३५ जना शेयर सदस्यहरुलाई उक्त तालिम दिईएको उहाँले बताउनुभयो । यस्ता कार्यक्रमहरुले सदस्यहरुमा व्यवसायिकता विकास गराउने र आर्थिक विकास समेत हुने संस्थाका कार्यवाहक अध्यक्ष पौडेलले विश्वास व्यक्त गर्नुभएको छ ।
शेयर सदस्यहरुले आफनो संस्थाको विषयमा बुझने विषय महत्वपूर्ण रहेको भन्दा संस्थागत परिचय र संस्थाले हाल संचालन गरिरहेका कार्यक्रमका विषयहरुमा समुह संरचना कार्यक्रम प्रमुख प्रेम प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
कायम मुकायम प्रमुख कार्यकारी अधिकृत जिवलाल तिवारीले सहभागीहरुलाई राम्रोसंग यो तालिमको उपयोग गर्न र बजारीकरणको चिन्ता नलिन आग्रह गर्नुभयो ।
 संस्थाका पूर्व अध्यक्ष एवं सञ्चालक तिलक प्रसाद पराजुलीले यस्ता तालिमहरुले सदस्यहरुको आर्थिक वृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । 
त्यसैगरी संस्थाका विजयनगर व्यवस्थापन उप समितिका संयोजक तथा कार्यक्रमका अध्यक्ष नर बहादुर थापाले सदस्यहरुलाई सिकेको सिपलाई व्यवहारमा लागु गर्दै सफल उद्यमी बन्ने शुभकामना दिनुभयो ।
तालिमका प्रशिक्षक विष्णु देवकोटाले आफुले यो सिप मार्फत आम्दानीका हिसाबले राम्रो गरिरहेको र वार्षिकरुपमै राम्रो बचत समेत गर्न सफल भएको भन्दै यो सिपले सहभागिहरुमा व्यवसायिक रुपान्तरण ल्याउने आफुलाई लागेको बताउनुभयो । जेष्ठ महिनामा मात्रै संस्थाले १५ वटा सिपमुलक कार्यक्रम संचालन गर्ने र त्यसमार्फत एक हजार जना भन्दा बढी लाभान्वित हुने जनाईएको छ ।
कार्यक्रममा संस्थाका संचालक दुर्गा सापकोटा, श्रेत्रीय प्रबन्धक माधव वन, समुह संचरना कार्यक्रमका प्रमुख प्रेम प्रसाद अधिकारी,विजयनगर सेवा केन्द्रका इन्चार्ज चन्द्र बहादुर सुनारी लगायत कार्यक्रममा आबद्ध कर्मचारीहरुको उपस्थिति रहेको थियो । संस्थाले आफनो वार्षिक कार्यक्रम अन्तर्गत सेवा केन्द्रहरुमा विभिन्न तालिमहरु दिदै आईरहेको छ । कार्यक्रम जेष्ठ २५ गतेसम्म चल्ने संस्थाका सूचना अधिकारी एकराज सुवेदीले जानकारी दिनुभयो । कार्यक्रम सहज सेवा केन्द्रका इन्चार्ज तेजेन्द्र रानाले सहजिकरण गर्नुभएको थियो ।