आज विश्व वातावरण दिवस,विभिन्न कार्यक्रम गरि मनाइँदै

२०८० जेठ २२ सोमबार ०६:०१:०० मा प्रकाशित

आज जुन ५ तारिख, अर्थात् विश्व वातावरण दिवस । विभिन्न कार्यक्रम गरि विश्व वातावरण दिवस मनाइँदैछ। दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले विभिन्न चेतनामुलक कार्यक्रम गर्दैछन्। संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाइन्छ। 

वातावरण दिवस  मनाउनुभन्दा १ वर्ष अगाडि सन् १९७२ को जुन ५ देखि १६ तारिखसम्म संयुक्त राष्ट्र संघको महासभाले विश्व वातावरण सम्मेलन आयोजना गरेको थियो ।

वातावरण संरक्षणका लागि विश्वभरमा राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यले विश्व वातावरण सम्मेलन आयोजना गरिएको थियो । वातावरणीय संरक्षणको आवश्यकता महसूस गरी सम्मेलनको १ वर्ष पछि सन् १९७३ देखि यो दिवस मनाउन थालिएको हो ।

विश्व वातावरण दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । दिवसको अवसरमा विभिन्न ठाउँमा बृक्षारोपणदेखि वातावरण संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् ।