ढवाह ताल वरपर वृक्षरोपण 

२०८० जेठ २२ सोमबार ११:१७:०० मा प्रकाशित

गैँडाकोट । नन्दन सामुदायिक वन उपभोक्ता समूहले निर्माणाधिन ढवाह ताल वरपर वृक्षरोपण एवं सरसफाइ गरेको छ ।

विश्व वातावरण दिवसको अवसर पारेर ताल वरपर वृक्षरोपण एवं सरसफाइ गरेको समूहका कार्य समिति सदस्य एवं वन संरक्षक संयोजक माधव चालिसेले जानकारी दिनुभयो । अमला, कपुर लगायत विभिन्न प्रजातीका फूल गरी एक सय बढी बिरुवा रोपिएको उहाँले बताउनुभयो ।  

कार्यक्रममा सब डिभिजन वन कार्यालय गैँडाकोटका फरेष्टर दिनेश केसीले रोपिएका बिरुवाको बचाउमा जोड दिन आग्रह गर्दै संरक्षणमा हरेक नागरिकले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । वातावरण स्वच्छ कायम गर्न फोहोरमैलाको विसर्जन र सरसफाइमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।  

समूहका अध्यक्ष बालकृष्ण गौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष बालकृष्ण शर्मा रिजाल र सहजिकरण सचिव कमला शर्मा आचार्यले गर्नुभएको थियो । 

कार्यक्रममा अनुगमन समिति संयोजक गिता न्यूरे, पूर्व कोषाध्यक्ष खुमनाथ पौडेल लगायत उपभोक्ताको उपस्थिति रहेको थियो ।