नारायणी नदी किनारमा सरसफाइ एवं वृक्षरोपण

२०८० जेठ २२ सोमबार १३:२४:०० मा प्रकाशित

गैँडाकोट । गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा नारायणी नदी किनारमा सरसफाइ गरिएको छ ।

विश्व वातावरण दिवसको अवसरमा सामाजिक विकास तथा अनुसन्धान केन्द्र, मज्जुवा सामुदायिक बन उपभोक्ता समूह, लायन्स क्लब अफ गैंडाकोट सिटि, नारायणी टोल विकास संस्था, नारायणी टोल विकास महिला समूह, नारायणी बाल क्लब, सिर्जना स्वास्थ्य आमा समूह, नारायणी यूवा क्लब, नारायणी नवदुर्गा भवानी मन्दिर र समुदायिक प्रहरीको सहकार्यमा नारायणी नदी किनार सरसफाइ गरिएको हो । 

कार्यक्रममा बोल्दै गण्डकी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पोषणराज सुवेदीले वातावरणको संरक्षण गर्नु र प्लास्टिक प्रदूषण बन्द गर्नु हाम्रो समस्त समुदायको प्रमुख लक्ष्य बनाउनु पर्नेमा जोड दिनुभयो । 

कार्यक्रमका अध्यक्ष एवं गैंडाकोट नगरपालिका वडा नं. २ का अध्यक्ष प्रकाश सापकोटाले वातावरण संरक्षण सम्बन्धी राष्ट्रिय योजना र प्लास्टिक प्रदुषण बन्द गर्ने समुदायको मुख्य भूमिका रहनेमा जोड दिनुभएको थियो । 

नारायणी नवदुर्गा भवानी मन्दिरको तर्फबाट अध्यक्ष अमृत श्रेष्ठले कार्यक्रमबारे प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक गोविन्द सुवेदीले वातावरणमा प्लास्टिक प्रदुषणको असरबारे प्रष्ट पार्नुभएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र सुवेदीले सहजिकरण गर्नुभएको कार्यक्रममा संस्था र अन्य सहकार्य गर्ने संस्था गरी ५० जनाको उपस्थिति रहेको थियो । सो अवसरमा वृक्षरोपण समेत गरिएको थियो ।