त्रिदेव टोल विकास संस्थामा नयाँ नेतृत्व  

२०८० जेठ २२ सोमबार १९:३३:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट ८ स्थित त्रिदेव टोल विकास संस्थाको सातौं साधारण सभा एवं चौँथो अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको छ । 
कार्यसमितिको अध्यक्षमा वासुदेव आचार्य चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा दिपक कुँवर, सचिवमा मीना गौडेल शर्मा, कोषाध्यक्षमा वेलमाया कँडेल सापकोटा, सह–सचिवमा रामचन्द्र तिवारी र सह–कोषाध्यक्षमा सुनिता कंडेल सापकोटा चयन हुनुभएको छ । सदस्यहरुमा सीता वाग्ले, भिम सुवेदी, दुर्गा सापकोटा, शिव ठकुरी र ऋषिराम कट्टेल चयन हुनभएको छ । 
लेखा समितिको संयोजकमा गोविन्द आचार्य, सदस्यहरुमा हरिषचन्द्र ठकुरी र विमला अधिकारी चयन हुनुभएको छ । 
कार्यक्रममा प्रमुख अतिथि, गैँडाकोट ८ का वडा अध्यक्ष प्रेम सापकोटाले वडामा टोलविकास सँस्थाहरुले गरेको काम सरहानिय रहेको बताउनुभयो । कार्यक्रमका अध्यक्ष, त्रिदेव टोल विकास संस्थाका अध्यक्ष गंगाधर सापकोटाले आफ्नो कार्यकालमा सीपमूलक तालिम, स्वास्थ्य जाँच, बाटो ग्राबेल गर्ने, सरसफाईको अभियान लगायत धेरै कामहरु गरेको बताउनुभयो । 
मुक्तिनाथ मन्दिरको सभाहलमा भएको कार्यक्रममा त्रिदेव टोल विकास संस्थाका सचिव वेलमाया कंडेल सापकोटाले प्रगति प्रतिवेदन प्रस्तुत एवं कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । लेखा संयोजक सुनिता कंडेल सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा वडा सञ्जालका अध्यक्ष शशिधर न्यौपाने, महिला सञ्जालका अध्यक्ष ज्ञानु घिमिरे लगायतको उपस्थिति रहेको थियो ।