विजय एफएम २० औँ वर्षमा प्रवेश, दुई दशकको यात्रामा विश्वसनीयताको आधार र स्थानीयको साझेदार 

२०८० भदौ ५ मंगलबार ०६:०८:०० मा प्रकाशित


गैँडाकोट । सामुदायिक रेडियो विजय एफएम १०१.६  आजबाट २० औँ वर्षमा प्रवेश गरेको छ  ।  ‘सत्य तथ्य सूचनाको सञ्चार, जनसशक्तिकरणको मूल आधार’ भन्ने भावसहित २०५७ सालमा परिकल्पना गरिएको विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सामुदायिक रेडियो विजय एफएम १०१.६ आज भन्दा १९ वर्षअघि २०६१ साल भाद्र ५ गतेदेखी सञ्चालनमा आएको हो । 


मध्ये नेपालमा अवस्थित विजय एफएम विश्वसनीयताको आधार र स्थानीयको साझेदारका रुपमा काम गरिरहेको छ । गत वर्ष जस्तै यसवर्ष पनि १० हजार भन्दा बढी मानिसहरूले प्रत्यक्ष सहभागिता जनाइ विजय एफ.एम.मार्फत आÇना विचार, धारणा, सरोकार र समस्याहरूका बारेमा प्रसारण गरेको विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले बताउनुभयो । स्थानीय सरोकार, शिक्षा, स्वास्थ्य, वातावरण तथा दिगो विकास, सुशासन र लोकतान्त्रिक मूल्य मान्यताको स्थापना र प्रवर्धन, न्यायपूर्ण समाज, वित्तीय सचेतना, धार्मिक तथा भाषिक उत्थान, बालमैत्री स्थानीय शासन प्राथमिकतामा राखिएको स्टेशन म्यानेजर उपाध्यायले बताउनुभयो ।  
सार्वजनिक शिक्षा, जनस्वास्थ्य, वित्तीय सचेतना, आधुनिक कृषि, वातावरण संरक्षण, समतामूलक र न्यायिक समाज, बालमैत्री स्थानीय शासन, द्वन्द्व न्यूनीकरण, सबै खालका भेदभाव र हिंसाको न्यूनीकरण, स्थानीय सुशासन, स्थानीय विकास र विकासका प्राथमिकता, कला, साहित्य र परम्परागत नेपाली संस्कृतिको संरक्षण, स्वच्छ निर्वाचन लगायतका विविध विषयमा नागरिकका विचारहरू सङ्कलन, प्रशोधन तथा प्रसारण गरिएको छ ।  


संस्थाका अध्यक्ष डा.भूमिराज चापागाईंले जनचासोका सवालहरुमा काम गर्न संस्था प्रतिबद्ध रहेको बताउनुभएको छ । यस क्षेत्रमा विजय एफएम लोकप्रिय रहेको बताउँदै विश्वसनियताका लागि पनि रेडियो सुन्ने गरेको बताउनुभयो । रेडियोलाई यस स्थानसम्म ल्याई पु¥याउन सहयोग गर्ने सबैमा अध्यक्ष चापागाईंले आभार व्यक्त गर्नुभएको छ । 


रेडियो तरङ्गसँगै वेभसाइट, फेसबुक, युट्युब, हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्समार्फत समेत रेडियोका सामग्री सुन्न मिल्ने गराएको सचिव गिरीराज लम्सालले बताउनुभयो । यसको अर्को पाटोका रुपमा साप्ताहिक पत्रिका विजय खबर सञ्चालनमा रहेको छ ।  


जिल्लाकै पहिलो र बढी प्रसारण क्षमता रहेको यस रेडियोले सुशासन, सामुदायिक विकास, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, र सञ्चारमा सबैको पहँुच विस्तारका लागि विगत स्थापनाकालदेखी नै अनवरतरुपमा रेडियो तरंग मार्फत सेवा पु¥याउँदै आएको कोषाध्यक्ष भानु रिमालले जानकारी दिनुभयो । 


यस सञ्चार माध्यमले शिक्षा, स्वास्थ्य, वित्तीय शिक्षा, विकास र सुशासन, मनोरञ्जन लगायतका क्षेत्रमा काम गर्दै आएको छ । स्थापनाकालदेखि नै आवाजविहीनहरुको आवाजका रुपमा समाजका कुनाकुनासम्म पुगी समाजमा विद्यमान सामाजिक, आर्थिक, सांस्कृतिक विभेद, अन्धविश्वास, लैङ्गिक हिंसाको, न्यूनीकरण एवं नागरिकको विकासका लागि अविचलित भई सशक्तरूपमा सूचना तथा सन्देश सञ्चार गर्दै आइरहेको छ ।