आज गोवंश रक्षार्थ सभामा सहभागि हुन कालिका मन्दिर कालिका आश्रमको अनुरोध

२०८० भदौ २३ शनिबार ०६:२१:०० मा प्रकाशित


गैँडाकोट । नेपाल सन्त समाजको आयोजनामा आज नारायणी नदी किनारमा धार्मिक सभा गदै छ । धरानमा गाई काटेर खाएको घटनाको विरोध गर्दै गोवंश रक्षार्थ नारायणी किनारमा धार्मिक सभा गर्न लागिएको हो ।

धार्मिक सभाको लागि गोवंश रक्षार्थ विशाल धार्मिक सभा मूल आयोजक समिति गठन गरिएको छ ।

आज चितवन, नवलपुर, नवलपरासी र तनहुँका ओमकार परिवार (वैदिक, बौद्ध, जैन, शिख, किराँत र प्रकृतिपूजक)ले गोवंश रक्षार्थ धार्मिक सभा गर्न लागेको गोवंश रक्षार्थ विशाल धार्मिक सभा मूल आयोजक समितिका संयोजक टंकनाथ पौडेलले बताउनुभएको छ ।

बेलचोक, चौविसकोठी, पोखरा बसपार्क र गैंडाकोटको भृकुटी चोकबाट विशाल धार्मिक ¥याली निस्कने उनले बताए । गाई काटेर सामाजिक सञ्जालमा राखेर ओमकार परिवारलाई चिडाउने काम गरिएको उनको भनाइ छ । नेपालको मुलुकी अपराध संहिता २०७४ ऐनको परिच्छेद २७ पशुपंक्षीसम्बन्धि कसुरको दफा २८९ मा गाईगोरु काट्न र मार्न वा कुट्न नहुने उल्लेख छ ।

गौहत्यामा संलग्नलाई समयमै कानुनी दायरामा नल्याए सामाजिक सद्भावमा खलल पुग्ने गोवंश रक्षार्थ विशाल धार्मिकसभा प्रचारप्रसार उपसमितिका संयोजक प्रेमनिधि भारद्धाजले बताउनुभयो । 

सभामा सहभागी हुन गँैडाकोट ८ मा रहेको कालिका मन्दिर कालिका आश्रम परिसरबाट भजनकिर्तन सहित जाने कार्यक्रम समेत रहेको छ । कालिका मन्दिर कालिकाका अध्यक्ष धनप्रसाद सापकोटाले   विभिन्न टोल, संघसंस्था,  धर्मानुरागी,  आजिवन सदस्य, दानदाता, शुभचिन्तकहरुमा उपस्थितिका लागि आग्रह गर्दै बिहान १० बजे मन्दिर परिसरमा सहभागी हुन अनुरोध गर्नुभएको छ ।