गैँडाकोट ३ का भुजेल परिवारको घर निर्माणका लागि आर्थिक सहयोग 

२०८० भदौ ३० शनिबार १७:४५:०० मा प्रकाशित

गैँडाकोट । आर्थिक अवस्थाका कारण घर बनाउन नसकेका गैँडाकोट ३ भुजेल गाउँका रमेश भुजेलको घर निर्माणका लागि आर्थिक सहयोग जुटेको छ । भुकम्पले घर भत्किएपछि उहाँको परिवार जंगलको छेउमा सानो छाप्रोमा बस्दै आएको थियो । 

नेकपा माओवादी केन्द्रकी नेतृ एवं गैँडाकोट ११ निवासी पार्वती कंडेल (खरेल) ले आर्थिक सहयोग गर्नुभएको हो । वाईसिएल महिला विभागकी केन्द्रीय सदस्य, सामुदायिक वन उपभोक्ता महासंघकी जिल्ला प्रतिनिधि एवं भेडाबारी सामुदायिक वनका सदस्य समेत रहनुभएकी उहाँले १० हजार बराबरको ब्लक उपलब्ध गराउनु भएको हो । 

नेकपा (माओवादी केन्द्र) गैँडाकोट ३ का अध्यक्ष लोक बहादुर सिङजाली मगरले सहयोग प्रदान गरेकोमा आभार व्यक्त गर्नुभयो । उहाँले अन्य सहयोगी दाताहरुलाइ सहयोगका लागि आह्वान गर्नुभएको छ ।