भरतपुरकि सिम्रन गुरुङको जन्मदिन क्यान्सर पिडित बालबालिका संगै मनाइयो

२०८० भदौ ३१ आइतबार ०८:५४:०० मा प्रकाशित

लायन्स क्लब अफ चितवन माउन्ट एभरेष्ट का कोषाध्यक्ष लायन थम बहादुर गुरुङले छोरी सिम्रन गुरुङको जन्मदिनमा मंगलबार बिपी क्यान्सर अस्पतालमा रहेका क्यान्सर पीडित बालबालिकालाई केहि थान साइकल ,फलफुल तथा खेलौना वितरण गरि मनाइदिनु भएको छ। कार्यक्रमको समायोजन लायन्स क्लब अफ चितवन माउन्ट एभरेष्टले बाल क्यान्सर पीडित सहयोग कार्यक्रम " अन्तर्गत गरेको थियो। यस कार्यक्रम बाट केक काटेर जन्मदिन मनाउने परम्परालाई सेवा तर्फ मोड्न केही हदसम्म सहयोग गरेको छ साथै समुदायमा एक उदाहरणीय कार्यको सकारात्मक सन्देश प्रवाह गरेको छ। कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ इन्टरनेशनल ३२५" R" नेपालका डिष्टिक्ट एजुकेटिभ चिफ MJF लायन प्रभाकर पण्डित ले यो उदाहरण कार्यको प्रशंसा गर्दै लायन्स क्लब अफ चितवन माउन्ट एभरेस्टलाई बधाई तथा सिम्रन लाई जन्मदिनको शुभकामना !! व्यक्त लायन्स क्लब अफ चितवन माउन्ट एभरेष्टले गर्नु भयो। यसै गरि विशिष्ट अतिथि भरतपुर क्यान्सर हस्पिटलका कार्यकारी निर्द्शक डा .शिवजीत पौडेल ले "लायन्स भिजनमा थियो,लायन्स मधुमेहमा थियो ,लायन्स दिन दुखीहरू सँग Hunger मा थियो तर आज अबोध क्यान्सर पीडित बालबालिका सगँ पनि आफ्नो खुसी साट्न आइपुग्यो भन्दै यल. सी . चितवन माउन्ट एभरेस्ट लाई हार्दिक धन्यवाद ! ज्ञापन गर्दै सिम्रन को जन्मदिन सार्थक भएको बताउनु भयो।

लायन्स क्लब अफ चितवन माउन्ट एभरेष्टले का अध्यक्ष लायन तेज रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हस्पिटलका उपनिर्देशक डा.उमेश नेपाल , डिष्टिक्ट एजुकेटिभ को चिफ MJF लायन बाल गोपाल चुके , डिष्टिक्ट एजुकेटिभ चिफ मेघनाथ बराल ,कलस्टर चिफ MJF लायन पुरन थापा मगर ,जोन चियर पर्सन लायन हरिप्रिया रिजाल ,सुशील भट्टराई ,पदमराज भट्टराई लागाएत करिब २० जनाको उपस्थिति रहेको थियो र कार्यक्रमको सहजीकरण रिजन चियर पर्सन लायन गोविन्द अर्याल ले गर्नु भएको थियो ।