प्रचण्ड र ओली दुई दुई बर्ष प्रधानमन्त्री बन्ने सहमति

२०८० फाल्गुण २१ सोमबार १७:५३:०० मा प्रकाशित


काठमाण्डौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको बाँकी कार्यकाल आधा–आधा बाँड्ने सहमति भएको छ ।

नयाँ गठबन्धन बनेसँगै प्रचण्ड र ओलीबीच कार्यकाल बाँड्ने सहमति भएको नेताहरुले बताएका छन् । २०७९ सालको पुस १० गते माओवादी अध्यक्ष प्रचण्ड र ओलीबिच ५ बर्षे कार्यकाल आधा आधा नेतृत्व गर्ने गरी सरकार गठन गरिएको थियो । तर त्यसको दुई महिनामै प्रचण्डले गठबन्धन फेरेर कांग्रेसको साथ लिएपछि एमालेले सरकार छोडेको थियो ।

त्यसको १ बर्ष पछि प्रधानमन्त्री प्रचण्डले पुनः एमालेसँग हातेमालो गरी नयाँ गठबन्धन बनाउने निर्णयमा पुग्नुभएको हो । २०७९ साल मंसिरमा चुनाव हुँदा काँग्रेस र माओवादीले दुई दुई बर्ष तथा नेकपा एसले १ बर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।