एभरेष्ट मौरी विकास सहकारीमा नयाँ कार्यसमिति चयन

२०८१ बैशाख १५ शनिबार १७:४२:०० मा प्रकाशित


गैँडाकोट । एभरेष्ट मौरी विकास सहकारी संस्था लि.को अध्यक्षमा प्रकाश अधिकारी चयन हुनुभएको छ । शनिवार संस्थाको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो ।

जसको उपाध्यक्षमा जीवन सुबेदी, सचिवमा एकराज सुबेदी, कोषाध्यक्षमा विनोद सुबेदी, सहसचिवमा सबिता अधिकारी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा भगवती गिरी, शुकवहादुर कुमाल, जीवन पौडेल, सुरेशराज गिरी चयन हुनुभएको छ । लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा संझना अधिकारी चयन हुनुभएको छ भने सदस्यहरुमा दिपक पौडेल र दिवश कंडेल चयन हुनुभएको छ । 

संस्थाका अध्यक्ष श्री प्रेमनाथ गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सागर बि का प्रबन्ध निर्देशक करुणा सागर सुबेदी रहनुभएको थियो । कार्यक्रममा प्रगति प्रतिवेदन संस्थाका सचिव प्रकाश अधिकारी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष जीवन सुबेदीले प्रस्तुत गर्नु भएको थियो ।