आज अन्तर्राष्ट्रिय संगीत दिवस

२०८१ असार ७ शुक्रबार ०७:१६:०० मा प्रकाशित

आज अन्तर्राष्ट्रिय संगीत दिवस मनाइदै छ । संगीतले मानव जीवनमा पार्ने सकारात्मक प्रभाव र यसको महत्व स्मरण गर्दै हरेक वर्ष जून २१ तारिखका दिन विशेष सांगीतिक कार्यक्रम गरी विश्व संगीत दिवस मनाइन्छ ।

संगीत दिवसको सुरुवात सन् १९८२ मा फ्रान्सबाट भएको मानिन्छ ।संगीतलाई जनमानसमा फैलाउने उद्देश्यले विश्वका १ सय १० भन्दा बढी देशमा संगीत दिवसको औपचारिक कार्यक्रम हुँदै आएको छ ।फ्रान्सका तत्कालीन संस्कृति मन्त्री ज्याक ल्याङले सन् १९८१ मा सर्वप्रथम विश्व संगीत दिवस मनाउने अवधारणा सार्वजनिक गरेका थिए ।

त्यसअघि अमेरिकाकी संगीतकार योएल कोहेनले सन् १९७६ मा यो दिवस मनाउने कुरा चलाएका थिए ।उक्त वर्ष फ्रान्समा मात्र मनाइएको विश्व संगीत दिवस बिस्तारै विश्वभर नै मनाउन थालिएको हो ।

संगीत विश्वव्यापी भाषा मानिन्छ ।विश्वव्यापी भाषा भएकैले नेपालमा पनि विश्व संगीत दिवस मनाउन थालिएको छ ।मादल, सारंगी, धिमे, ढोलक, टुङ्गना, बाँसुरी, बिनायो जस्ता मौलिक बाजाहरूले नेपाली संगीत क्षेत्रलाई समृद्ध बनाएको छ । नेपालमा २०५४ सालदेखि विश्व संगीत दिवस मनाउन थालिएको हो ।