जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोटको सातौँ साधारणसभा सम्पन्न, संस्थापक अध्यक्ष अमृत भट्टचन सम्मानित

२०८३ श्रावण ९ शनिबार १९:००:०० मा प्रकाशित

गैंडाकोट । जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोट, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को सातौँ साधारणसभा तथा चौथो अधिवेशन शुक्रबार मौलाकालिका स्थित इला होटल एन्ड रिसोर्टमा सम्पन्न भएको छ। कार्यक्रममा संघका संस्थापक अध्यक्ष अमृत भट्टचनलाई स्थानीय उद्योग, व्यापार तथा व्यवसायिक क्षेत्रको विकास, संघको स्थापना तथा संस्थागत सुदृढीकरणमा पु¥याएकोमा उल्लेखनीय योगदानको कदर गर्दै सम्मान गरिएको हो।


कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष एवं उपाध्यक्ष सुरकृष्ण बैद्यले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन साना तथा मझौला उद्योगी–व्यवसायीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनु भयो । बैद्यले उनीहरूको समस्या राज्यका सम्बन्धित निकायसम्म प्रभावकारी ढंगले पु¥याउन महासंघ प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले वर्तमान आर्थिक चुनौतीका बीच निजी क्षेत्रलाई उत्साहित बनाउने नीति, लगानीमैत्री वातावरण, सरल कर प्रणाली र व्यवसायमैत्री कानुनी व्यवस्था आवश्यक रहेको धारणा राख्नुभयो। 


संघका संस्थापक अध्यक्ष अमृत भट्टचनले आफूले संस्थाको सुरुवाती चरणदेखि गरेको योगदानको सम्मान भएकोमा खुसी व्यक्त गर्दै यो सम्मान सम्पूर्ण व्यवसायीको साझा उपलब्धि भएको बताउनुभयो। उहाँले गैंडाकोटलाई व्यवसायिक केन्द्रका रूपमा स्थापित गर्न सबै व्यवसायी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। व्यवसायीको हकहित संरक्षण, संस्थागत विकास र आर्थिक गतिविधिको विस्तारमा नयाँ पुस्ताले पनि जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयोे। 


संघका सदस्य तथा उद्योगी दीपक भट्टराईले कर नीति निर्धारण गर्दा ठूला उद्योगी र साना व्यवसायीलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बताउनुभयो। उहाँले साना तथा मझौला व्यवसायीको वास्तविक अवस्था अध्ययन गरेर व्यवहारिक कर नीति लागू गर्न सरकारसँग आग्रह गर्दै अत्यधिक करभारले व्यवसाय सञ्चालनमा कठिनाइ थपिएको धारणा व्यक्त गर्नुभयो। 


आन्तरिक राजस्व कार्यालय नवलपुरका प्रमुख युगल किशोर गौतमले हाल सरकारले कर बक्यौता तथा जरिवानामा छुटको व्यवस्था गरेको जानकारी गराउँदै व्यवसायीलाई उक्त सुविधाको समयमै उपयोग गर्न आग्रह गर्नुभयो। उहाँले कर प्रणालीलाई पारदर्शी र जिम्मेवार बनाउँदै नियमित कर तिर्ने संस्कृतिले व्यवसाय र राष्ट्र दुवैलाई बलियो बनाउने बताउनुभयो।


नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देलले निजी क्षेत्र र सञ्चार क्षेत्रबीचको सहकार्यले स्थानीय आर्थिक गतिविधि प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्थानीय उद्योग, उत्पादन र उद्यमशीलतालाई राष्ट्रिय स्तरसम्म पु¥याउन सञ्चारमाध्यमले सकारात्मक भूमिका खेलिरहेको बताउनुभयोे।


संघका अध्यक्ष दिपक प्रसाद सापकोटाले निजी क्षेत्र, सरकार र सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउँदै आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्नेमा जोड दिनुभयो।


संघका बरिष्ठ उपाध्यक्ष छवि कडेलले गैंडाकोटलाई उद्योग, व्यापार र लगानीको आकर्षक केन्द्रका रूपमा विकास गर्न संघले निरन्तर भूमिका निर्वाह गर्दै आएकोले आगामी दिनमा व्यवसायीको हकहित संरक्षण, उद्यम प्रवद्र्धन तथा आर्थिक विकासका लागि अझ प्रभावकारी कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो।


कार्यक्रममा सहभागी विभिन्न वक्ताहरूले वर्तमान आर्थिक मन्दी, घट्दो बजार, लगानीको असुरक्षा, बैंकिङ क्षेत्रका चुनौती तथा बढ्दो व्यवसाय सञ्चालन खर्चका कारण निजी क्षेत्र दबाबमा परेको अबस्थामा उद्योग तथा व्यापारमैत्री नीति निर्माणको आवश्यकता औँल्याएका थिए। 


संघको सातौँ साधारणसभा तथा चौथो अधिवेशनको अवसरमा संस्थापक अध्यक्ष अमृत भट्टचनलाई सम्मान गरिएको हो। स्थानीय उद्योग, व्यापार तथा व्यवसायिक क्षेत्रको प्रवद्र्धन, संघको स्थापना तथा संस्थागत सुदृढीकरणमा पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँलाई सम्मान प्रदान गरिएको संघले जनाएको छ। गैंडाकोटलाई व्यवसायिक केन्द्रका रूपमा विकास गर्न तथा स्थानीय व्यवसायीहरूको हकहित संरक्षणमा भट्टचनले सुरुवाती समयदेखि नै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ।


साधारणसभा संघका महासचिव तेज नारायण पाँण्डेले प्रगति प्रतिबेदन र कोषाध्यक्ष माधव प्रसाद सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


संघका बरिष्ठ उपाध्यक्ष छबी कडेलले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सहजिकरण संघका महासचिव तेज नारायण पाँण्डेले गर्नुभएको थियो । साधारणसभामा उद्योगी, व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सरकारी निकायका प्रमुख, जनप्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
 

ताजा खबर