जय श्री सामुदायिक वनद्वारा विपन्नलाई खानेपानी धारा वितरण, १५ जनालाई कार ड्राइभिङ तालिम

२०८३ श्रावण ८ शुक्रबार १९:०५:०० मा प्रकाशित

गैंडाकोट । जय श्री सामुदायिक वन उपभोक्ता समूहले सगरमाथा वृक्षारोपण महाअभियान तथा विपन्न उपभोक्तालाई खानेपानी धारा वितरण र कार ड्राइभिङ तालिमको समापन कार्यक्रम सम्पन्न गरेको छ।

शुक्रबार समूहको सभाहलमा आयोजित कार्यक्रममा १० जना विपन्न उपभोक्तालाई खानेपानीका धारा वितरण गरिएको थियो। यस्तै समूहले सञ्चालन गरेको कार ड्राइभिङ तालिममा १५ जना सहभागी भएका थिए। समूहको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत विभिन्न सामाजिक तथा सामुदायिक कार्यक्रम सञ्चालन गरिएको समूहले जनाएको छ।

डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीले सामुदायिक वनले वन संरक्षणसँगै विपन्न उपभोक्ताको हित र सीप विकासका लागि सञ्चालन गरेका कार्यक्रम प्रशंसनीय रहेको बताउनु भयो। उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

सबडिभिजन वन कार्यालय गैंडाकोटका प्रमुख सन्तोष मिश्रले सामुदायिक वनको संरक्षण र विकासमा उपभोक्ताको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।उहाले वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

सामुदायिक वन महासंघका केन्द्रीय सदस्य कमल पराजुलीले सामुदायिक वनले स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउँदै आएको भन्दै विपन्न उपभोक्तालाई लक्षित कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो।

गैंडाकोट नगरपालिका वडा नम्बर ५ का कार्यवाहक अध्यक्ष शान्ति न्यौपानेले वनले उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै खानेपानी र सीप विकासका कार्यक्रम सञ्चालन गर्नु सकारात्मक कार्य भएको बताउनुभयो।

गैंडाकोट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरेले वन संरक्षणसँगै समुदायको जीवनस्तर सुधारमा सामुदायिक वनले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा पनि यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिन शुभकामना दिनुभयो।

कार्यक्रममा जय श्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीमबहादुर कुमालले सामुदायिक वनले वन संरक्षणसँगै उपभोक्ताको सामाजिक तथा आर्थिक विकासलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।

कार्यक्रममा जय श्री सामुदायिक वनका संस्थापक अध्यक्ष टोलनाथ घिमिरे, सामुदायिक वनको तर्फबाट नारायणी सामुदायिक वनका कोषाध्यक्ष बिमला मगर तथा टोल विकास संस्थाको तर्फबाट तीर्थ रिमालले शुभकामना मन्तव्य राख्नुभएको थियो।

समूहका उपाध्यक्ष ढाका सुवेदीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण समूहका सचिव टेकबहादुर आलेले गर्नुभएको थियो।

 

ताजा खबर