लायन्स क्लब अफ गैँडाकोट उत्कृष्टले दियो कृष्ण सुवेदीलाई ह्वील चेयर

२०८१ असार २२ शनिबार ०४:४५:०० मा प्रकाशित

गैँडाकोट- लायन्स क्लब अफ गैँडाकोट उत्कृष्टको स्थापना दिवशमा ह्वील चियर वितरणसँगै नयाँ सदस्यलाई स्वागत गरिएको छ । लायन्स क्लब अफ गैँडाकोट उत्कृष्टले क्लब स्थापना भएको ४ वर्ष पुगेको अवसरमा ह्वील चियर वितरण तथा नयाँ सदस्यलाई स्वागत गरेको हो । कार्यक्रमका प्रमुख अतिथि ३२५ आर को डिष्ट्रिक गभर्नर पिएम जिएफ दिननाथ न्यौपानेले ह्वील चियर हन्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । गैँडाकोट ६ निवाशी कृष्ण सुवेदीलाई ह्वील चियर प्रदान गरिएको हो । कार्यक्रममा लायन्सहरु प्रभाकर पण्डित, राजेन्द्र गौतम, कृष्ण पाण्डे, सिआर कंडेल, गैँडाकोट २ का वडा सदस्य काशिराम अर्याल, लायन्स देशबन्धु सिग्देल, कृष्ण रिजाल लगायतको उपस्थिति थियो । सुशील लम्सालले सहजीकरण गर्नुभएको कार्यक्रमको सभापतिमा क्लबका अध्यक्ष पुरुषोत्तम सापकोटा रहनुभएको थियो ।