कालिका नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दिनुराम सापकोटा चयन

२०८३ जेठ ११ सोमबार १४:१७:०० मा प्रकाशित

गैँडाकोट । नवलपरासी (ब.सु.पू.)को गैँडाकोट नगरपालिकामा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था कालिका नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दिनुराम सापकोटा चयन हुनुभएको छ। विद्यालयमा सम्पन्न अभिभावक तथा सरोकारवालाहरूको भेलाबाट सापकोटा सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन हुनुभएको हो।

नवनियुक्त अध्यक्ष सापकोटाले कालिका नमुना माध्यमिक विद्यालयको ऐतिहासिक साखलाई जोगाउँदै आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तरलाई थप सबल र प्रविधिमैत्री बनाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले विद्यालयको विकास र विद्यार्थीहरूको चौतर्फी विकासका लागि सम्पूर्ण शिक्षक, अभिभावक र स्थानीय समुदायसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो।

गैँडाकोट वडा नम्बर ८ का वडाध्यक्ष प्रेम सापकोटाले वडाभित्र रहेका विद्यालयहरूको शैक्षिक स्तर सुधार गर्न र विद्यार्थीहरूलाई समयसापेक्ष, प्रविधिमैत्री एवं व्यावहारिक शिक्षा प्रदान गर्न वडा कार्यालयले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नवनिर्वाचित अध्यक्ष तथा कार्यसमितिलाई सफल कार्यकालको बधाई तथा शुभकामना दिँदै वडा र विद्यालयबीच सधैँ सकारात्मक सहकार्य रहने वडाध्यक्ष सापकोटाले बताउनु भयो ।

नयाँ नेतृत्व चयनमा विद्यालयका प्रधानाध्यापक, शिक्षक कर्मचारी, अभिभावक, विद्यार्थी तथा स्थानीय शिक्षाप्रेमीहरूको उपस्थिती रहेको थियो ।
 

ताजा खबर