श्री विजय आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नरबहादुर कुमाल  चयन 

२०८३ जेठ ११ सोमबार १४:२२:०० मा प्रकाशित

गैँडाकोट । नवलपरासी (ब.सु.पू.) गैँडाकोट नगरपालिका वडा नम्बर ८ मा अवस्थित श्री विजय आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन भएको छ। विद्यालयमा आयोजित एक भेलाका बीच समितिको अध्यक्ष पदमा नरबहादुर कुमाल सर्वसम्मत रूपमा चयन हुनुभएको हो।

नवनिर्वाचित अध्यक्ष कुमालले विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास र समुदायसँगको सहकार्यलाई थप मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

गैँडाकोट वडा नम्बर ८ का वडाध्यक्ष प्रेम सापकोटाले विद्यालय व्यवस्थापन समितिमा सर्वसम्मत रूपमा नेतृत्व चयन हुनु सकारात्मक कुरा भएको बताउँदै नयाँ कार्यसमितिले शिक्षक, अभिभावक र स्थानीय समुदायलाई समेटेर विद्यालयको साख थप उच्च बनाउने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले नवनिर्वाचित अध्यक्ष तथा कार्यसमितिलाई सफल कार्यकालको बधाई तथा शुभकामना दिँदै वडा र विद्यालयबीच सधैँ सकारात्मक सहकार्य रहने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा स्थानीय शिक्षाप्रेमीहरूको उपस्थिति रहेको थियो। 
 

ताजा खबर