चितवनको सिमलतालमा पहिरोले यात्रुबाहक बगायो
.2024-07-12-05-53-49.jpeg)
चितवन । नारायणगढ मुग्लिन सडकखण्डमा पर्ने चितवनको सिमलतालमा गएको पहिरोले दुइवटा यात्रुबाहक बस बगाएको छ । भरतपुर महानगरपालिका वडा नं. २९ सिमलताल नजिकै गएको पहिरोले २ वटा बसहरु बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरोले बगाएका २ वटा बसहरुमध्ये एउटा काठमाडौबाट गौर जादै गरेको बस हो भने अर्को बसको बारेमा जानकारी प्राप्त हुन सकेको छैन । गौर तफै जादै गरेको बसमा ३० जना यात्रु रहेको प्रहरीले जनाएको छ ।घटनास्थलमा पानी परिरहेकोले उद्धारमा कठीनाई भैरहेको चितवनका प्रहरी प्रमुख भावेस रिमालले जानकारी दिए । अहिले नारायणगढ र मुग्लिन दुवैतर्फका सवारीसाधनहरु रोकिएका छन् ।