उज्ज्वल टोल विकास संस्थाको दास्रो साधरण सभा सम्पन्न

बैशाख १३ ,गैँडाकोट । उज्ज्वल टोल विकास संस्थाको दास्रो साधरण सभा शनिवार सम्पन्न भएको छ ।
गैडाकोट वडा नम्बर ८ का वडा अध्यक्ष प्रेम सापकोटाले टोलले वडा विकासमा सहकार्य र समन्वय गर्दै टेवा पु¥याउने बताउनुभयो । उहाँले सबैको सहकार्यले मात्रै काम गर्न सकिने हुँदा हातेमालो गर्दै अगाडी बढ्ने पनि बताउनुभएको छ ।
उज्ज्वल टोल विकास संस्थाका सचिव मधुकर थापाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो, आर्थिक प्रतिवेदन कोषाध्यक्ष शुसान्त पराजुलीले प्रस्तुत गर्नुभयो भएको थियो ।
टोल विकास संस्थाका अध्यक्ष निर्मला पौडेलले टोल विकास संस्थाले गरेका कामका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा जनप्रतिनिधिहरु खगेश्वर सापकोटा, तर्कबहादुर थापा, शुसीला परियार, उज्ज्वल बाल क्लबका अध्यक्ष अंकित शर्मा, बिभिन्न टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधि, सााजिक व्यक्तित्वहरुको कार्यक्रममा उपस्थिती रहेको थियो ।
यस्तै आउँदो बैशाख २० गते शनिबार संस्थाको तेस्रो अधिबेशन हुने टोल विकास संस्थाका अध्यक्ष निर्मला पौडेलले जानकारी दिनुभयो ।