धारिलो हतियार प्रहार गरी लिलाराजले गरे छोरी र भतिजको हत्या
चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २५ शुक्रनगरमा एक व्यत्तिले आफ्नी छोरी र दाजुको छोराको हत्या गरेका छन् । ४२ वर्षीय लिलाराज गिरीले दाजु दया गिरीको छोरा ५ वर्षका साजन गिरी र आफ्नी छोरी ७ वर्षकी प्रभालाई बिहान १० बजे धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन् ।
हतियार प्रहारबाट गम्भीर घाइते भएका साजन र प्रभाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । साजन र प्रभालाई हतियार प्रहार गरेपछि लिलाराजले आफ्नै घाँटी रेटेका थिए । उनको अवस्था गम्भीर भएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।