प्याब्सन गैंडाकोट नगर समितिको विरोध स्वरूप बस र्याली

२०८२ भदौ ६ शुक्रबार १५:४३:०० मा प्रकाशित

गैंडाकोट । छात्रवृत्ति १०% बनाउनुपर्ने र कम्पनीलाई गैर नाफामूलक बनाउने प्रावधान खारेज लगायतका कुराहरुलाई लिएर गैंडाकोट नगरपालिकाभित्र रहेका निजी तथा आवासिय विद्यालयले विरोध स्वरूप बस र्याली निकालेका छन् । र्यालीमा गैंडाकोट भित्रका संस्थागत विद्यालयका ७० भन्दा बढी विद्यालय बसहरू रहेका  थिए ।

केन्द्रिय कार्यक्रमअनुसार बस र्याली निकालिएको प्याब्सन गैँडाकोटका अध्यक्ष भरतबाबु कँडेलले बताउनुभयो । मागहरू सम्बोधन नभए विद्यालयको ताला चापि  स्थानीय सरकारलाई बुझाउने प्याब्सन गैंडाकोटका अध्यक्ष  कँडेलले बताउनुभएको छ। उहाँले समयमा माग पूरा नगरे अनिश्चितकालिन  विद्यालय बन्द हुन सक्ने कुरा बताउनुभयो ।