काँग्रेस नगर सभापतिबाट राजिनामा दिएर भण्डारी रास्वपामा प्रवेश

२०८२ भदौ ६ शुक्रबार १५:१३:०० मा प्रकाशित


नवलपरासी पूर्व । मध्यविन्दु नगरपालिकाका काँग्रेस युवा नेता दोमन भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ । केही दिनअघि नै रास्वपामा प्रवेश गरे पनि आज शुक्रबार सार्वजनिक गरिएको हो । भण्डारीले नगरसभापतिबाट केही दिन अघि नै राजिनामा दिइसक्नुभएको थियो । भण्डारीको प्रवेशबारे रास्वपा गण्डकी प्रदेशका सभापति राजन गौतमले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ ।