गैँडाकोट ईङ्लीस स्कूलमा निर्वाचनको झल्को, विद्यार्थी प्रमुखमा अंकिता पौडेल निर्वाचित

२०८२ जेठ २ शुक्रबार १८:४६:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट ईङ्लीस स्कूलले विद्यार्थीलाई निर्वाचन प्रक्रियाका विषयमा प्रयोगात्मक रुपमा शिक्षा दिएको छ ।  निर्वाचन प्रक्रियाका सन्दर्भमा पत्रकार सम्मेलनदेखि मतदान प्रक्रिया, मतगणना सम्म प्रक्रियागत रुपमा जानकारी दिएको छ । सोही क्रममा शुक्रबार गैँडाकोट इङग्लिस स्कुलमा मतदान र मतगणना कार्य गरिएको छ । विद्यालयमा विद्यार्थी प्रमुख छनोटका लागि बैशाख २५ गतेबाट सुरु भएको निवार्चनमा आज मतदान र मतगणना गरिएको हो । 


यस प्रक्रियाबाट विद्यालयको विद्यार्थी प्रमुखमा अंकिता पौडेलले ३ सय २६ मत प्राप्त गरी विजयी हुनुभएको छ । विद्यार्थी उपप्रमुख प्रर्थ भुषाल १ सय १२ मतका साथ विजयी हुनुभयो । त्यस्तै बाल युवा क्लबको अध्यक्षमा विवश भण्डारी २ सय ४३ मत, बाल युवा क्लबको उपाध्यक्षमा स्नेहा कुवँर २ सय ३४ मत, नेपाल युवा रेडक्रस सोसाइटीको अध्यक्षमा राजस्वी सुवेदी  २ सय २१, उपाध्यक्षमा सुखद सिग्देल २ सय ५ मतका साथमा निर्वाचित हुनुभएको छ । निलो सदनका प्रमुखमा आकांक्षा पोडेल १ सय ३५ मत, । निलो सदनका उपप्रमुखमा समर्पण पौडेल ३३ मत का साथमा निर्वाचित हुनुभएको छ । 
हरियो सदनका प्रमुखमा अरमान श्रेष्ठ ७२ मत, हरियो सदनका उपप्रमुखमा मानवी शर्मा ४१ मतका साथमा निर्वाचित हुनुभएको छ । 


रातोे सदनका प्रमुखमा जिहाना पराजुली १ सय ८ मत, रातो सदनका उपप्रमुखमा अबिराम न्यौपाने ५२  मतका साथमा निर्वाचित हुनुभएको छ । 
पहेलोे सदनका प्रमुखमा स्नेहा तिवारी १ सय १ मत, पहेलो सदनका उपप्रमुखमा संघर्ष कँडेल ४९ मतका साथमा निर्वाचित हुनुभएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख एंव प्लस टु कोर्डिनेटर जिवन दवाडीले जानकारी दिनुभयो ।  


विद्यार्थी नेतृत्व चयन निर्वाचन प्रमुख निर्वाचन आयुक्त कृष्टि अधिकारीले विद्यालयका विद्यार्थी नेतृत्व चयनका लागि ७ सय ८७ विद्यार्थीले मतदान गरेको जानकारी गराउनुभयो । विद्यालयको संस्कृति, सहकार्य र नेतृत्व सिप सिक्ने माध्यम नै अहिले नमुना निर्वाचन अभ्यास रहेको उहाँको बुझाई छ ।

 

850