प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार मात्र बस्ने भएको छ।
सङ्घीय संसद सचिवालयका अनुसार मङ्गलबार दिउँसो दुई बजे बस्ने भनिएको बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ ।
मङ्गलबार विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसकेकाले दिउँसो दुई बजे बस्ने गरी समय परिवर्तन गरिएको थियो। परिवर्तित समयमासमेत बैठक बस्न नसकेपछि बुधबारका लागि सरेको हो।
भिजिट भिषा प्रकरणलाई लिएर गृहमन्त्रीले राजीनामाको विषयलाई लिएर सत्तारुढ दल र प्रतिपक्षीदलहरु बीच सहमति जुटन नसकेपछि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ ।