आन्दोलन फिर्तासँगै सार्वजनिक यातायात पुनः सञ्चालनमा

२०८२ जेठ २१ बुधबार ०७:४७:०० मा प्रकाशित

काठमाडौँ । यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएसँगै सार्वजनिक यातायात पुन सञ्चालनमा आएका छन् । मंगलबार यातायात व्यवसायी महासंघ र सरकारबिच भएको वार्ता सकारात्मक भएसँगै यातायात सञ्चालनमा आएको हो ।

 

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ एपको बारेमा ल्याएको नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले आन्दोलन गर्दै आएका थिए । मंगलबार साँझ नै गण्डकी सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गरेपछि यातायात व्यवसायीले पनि आफ्नो प्रदर्शन फिर्ता लिने निर्णय गरेका हुन् । आन्दोलन फिर्ता लिएसँगै आजबाट सवारी साधन पुन सञ्चालनमा आएका छन्