बाग्लुङ गैंडाकोट सम्पर्क समाजद्वारा क्यान्सर पीडितलाई सहयोग

गैंडाकोट । बाग्लुङ गैंडाकोट सम्पर्क समाजले क्यान्सर पीडितलाई सहयोग गरेको छ । मंगलबार गैँडाकोट नगरपालिका वार्ड नं ४ निवासी क्यान्सर पीडित सरस्वती सापकोटालाई घरमै पुगेर समाजले नगद ६२ हजार ५ सय ४० रुपैया सहयोग गरेको समाजका अध्यक्ष कुलप्रसाद गौतमले जानकारी दिनुभयो ।
क्यान्सर पीडित सापकोटाको आर्थिक अवस्था निकै कमजोर भएकोले औषधि उपचारमा सहयोग होला भन्ने उद्देश्यले सहयोग गरेको गौतमले बताउनुभयो । क्यान्सरको उपचार महँगो हुने भएकोले आगामी दिनमा पनि सहयोगी हातहरूबाट आर्थिक सहयोग गर्ने समाजले जनाएको छ ।