विजय सामुदायिक शिक्षा सदनद्वारा सचेतनामूलक साइकल ¥याली 

२०८२ जेठ २१ बुधबार ०५:३१:०० मा प्रकाशित

गैंडाकोट । विजय सामुदायिक शिक्षा सदनले “विश्व साईकल दिवस”को अवसर पारेर साइकल ¥याली सम्पन्न गरेको छ । नियमित साइकल चलाऔं स्वस्थ्य बनौं भन्ने मूल नाराका साथ आयोजित ¥याली मंगलबार विजय सामुदायिक शिक्षा सदन परिसरबाट शुरु भएर कालिका चोक हुदैं गैरी हरिहर मन्दिर, ओम शान्ति पिसपार्क, गैँडाचोक, गणेश मन्दिर, जनक मावि हुँदै पुन बिद्यालय आएर समापन भएको थियो ।

 

¥यालीमा सहभागीहरूले साईकल चलाऔं, वातावरण जोगाऔ, न पेट्रोल न ग्यास यात्राका लागि साइकल नै खास, सस्तो पनि स्वस्थ पनि, हरियाली नै जीवनको रंग बनाउँ, पर्यटनका लागि पर्यावरण र पर्यावरणका लागि सरसफाई, सचेत नागरिक स्वस्थ वातावरण, वातावरणका लागि साइकल, हरियाली बढाऔं, साईकल चलाऔ,नयां पुस्तालाई साईकलको महत्व बुझाऔं, साईकल चलाउने संस्कार सिकाऔं,भन्ने नाराहरु टाँसिएका थिए ।

 
कार्यक्रममा गैंडाकोट वडा नम्बर ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले साइकल सबै वर्गका मानिसहरूका लागि पहुँचयोग्य र सस्तो साधन भएकोे र यो ¥यालीले सार्वजनिक यातायातको वैकल्पिक माध्यमका रूपमा साइकललाई प्रवद्र्धन गर्ने बताउनुभयो । अध्यक्ष सापकोटाले विद्यालय वा शिक्षण संस्थाद्वारा आयोजना गरिने साइकल ¥यालीहरूले विद्यार्थीहरूलाई जलवायु परिवर्तन, दिगो विकास, र जिम्मेवार नागरिकका बारेमा व्यावहारिक ज्ञान दिने बताउनुभयो ।


समाजसेवी एवं साइकल व्यवसायी गोपालप्रसाद सापकोटाले भन्नुभयोे साइकल पेट्रोल वा डिजेलमा नभई मानिसको ऊर्जा प्रयोग गरेर चल्ने साधन भएकोले यसले धुवाँ फाल्दैन, ध्वनि प्रदूषण गर्दैन, र वातावरणको रक्षा गर्छ । साइकल ¥याली वातावरणप्रति जनचेतना फैलाउने प्रभावकारी माध्यम हो ।


विद्यालय सञ्चालक समिति अध्यक्ष गोपीनाथ खरेलले साइकल ¥यालीले विद्यालय, संस्था, र समुदायका सदस्यहरूलाई एउटै उद्देश्यमा एकत्रित गराउँछ र यसले सामाजिक ऐक्यबद्धता र सहकार्यको भावना बलियो बनाउने बताउनुभयो ।


विद्यालयका प्रधानाध्यापक चक्रधर पौडेलले “साइकल दिवस हामी सबैका लागि स्वस्थ जीवन र हरियाली वातावरणप्रति समर्पित हुने सन्देश दिने अवसर भएको बताउनुभयो ।


स्वस्थ जीवनशैली, वातावरणीय चेतना र दिगो यातायात प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित ¥यालीमा विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।


कार्यक्रममा विजय सामुदायिक शिक्षा सहकारीका पूर्व अध्यक्ष टिकाराम कडेल, लेखा सुपरिवेक्षण समिति संयोजक ईश्वरी चापागाई , विद्यालयका सहायक प्रधानाध्यापक विकल सापकोटा, मातृभूमि टोल विकास संस्थाका अध्यक्ष बिन्दु लामिछाने लगायत ट्राफिक प्रहरी,  नेपाल प्रहरी, शिक्षकहरु, अभिभावकहरू तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण शिक्षिका रञ्जना लामिछानेले गर्नुभएको थियो ।


विश्व साइकल दिवस (जुन ३) हरेक वर्ष संसारभर मनाइन्छ । यस दिनको मूल उद्देश्य भनेको साइकललाई एक दिगो, सस्तो, स्वास्थ्यवर्धक र वातावरणमैत्री यातायातको साधनका रूपमा प्रवद्र्धन गर्नु हो । यस अवसरमा आयोजना गरिने साइकल ¥यालीहरु बहुआयामिक महत्व बोकेका हुन्छन । 

 
साइकल चलाउनुले शारीरिक फिटनेस, मुटु–स्वास्थ्य र मानसिक सन्तुलनमा सकारात्मक असर पार्छ । ¥यालीले आम जनतालाई व्यायाम र स्वस्थ जीवनशैलीतर्फ प्रोत्साहित गर्छ ।