गैंडाकोट नगर खेलकुद समिति द्धारा नगरभित्रका १६ जना खेलाडीहरूलाई सम्मान

२०८२ असार १८ बुधबार १५:५०:०० मा प्रकाशित

गैंडाकोट । नवलपरासी पूर्व गैंडाकोट नगरभित्रका बिभिन्न खेल खेल्ने खेलाडीहरूलाई सम्मान एवं पुरस्कार वितरण गरिएको छ।
 स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद, राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरका लागि खेलकुद भन्ने मूल नाराका साथ गैडाकोट नगर खेलकुद विकास समितिको आयोजनामा नगरपालिकाको सभाहलमा आज (बुधबार) गैंडाकोट नगरभित्रका १६ जना खेलाडीहरूलाई सम्मान गरिएको छ।


खेलाडीहरुलाई नगद सहित सम्मान एवं पुरस्कार वितरण गरिएकोे गैडाकोट नगर खेलकुद बिकास समितिका अध्यक्ष धामनाथ सापकोटाले बताउनुभयो । अध्यक्ष सापकोटाले नगर खेलकुदले अगामि दिनमा पालिका स्तरका ,वडा स्तरका खेलहरु खेलाउने छ र यहाँका खेलाडिहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउन सक्ने बनाउने सापकोटाले भन्नु भयो ।


गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभत्त अधिकारीले नगर खेलकुद विकास समिति गठन गरेपछि हामिले पालिकामा धेरै बिधामा खेलकुद सञ्चालन गरेका छौ र अगामि दिनमा गैडाकोट नगरपालिकालाई खेलकुदको हबको रुपमा बिकास गर्ने बताउनु भयो ।


गैंडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइरालाले नगर भित्रका हाम्रा खेलाडिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सक्षम बनेर ब्यवसायिक रुपमा खेल खेल्नको लागि यस्ता कार्यक्रमले अझै हौसला बढ्ने बताउनु भयो ।


गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले नगर खेलकुद समितिको गठनपछि खेलकुदको विकास तीव्र रुपमा भएको बताउनुभयो। खेलकुदको बिकासका लागि अगामि दिनमा हुने कार्यक्रमको लागि नगरले धेरै बजेट छुट्टाएको पनि बताउनु भयो । 


नगर खेलकुदल बक्सिङ,भलिबल, क्रिकेट,ब्याडमिन्टन, फुटबल, तेक्वान्डो, स्क्रायावल, कराते र हक्की गरि नौ वटा विधा बाट १६ जना खेलाडीलाई सम्मान गरिएको छ। बक्सिङ बाट सोहम आले  र प्रतिज्ञा बिक, भलिबल बाट मनोज सुगरपाक र चनि माया सिंजालि, क्रिकेट बाट रिजन काफ्ले र श्रेया शर्मा , ब्वाडमिन्टन बाट सुरभि न्यैपाने , फुटबल बाट षेनु परियार र आकास थापा मगर , तेक्वान्दो बाट इशिका सोति मगर र मनिस छिनाल, स्क्रावल बाट आरनभ पाण्डे, कराते बाट हरिबहादुर परियार र सजिना सारुमगर र हक्की तर्फ बाट सृष्टि मगर र सुरज नेपाली सम्मानित हुनु भएको छ । नगदसहित दोसल्ला सहित सम्मान गरिएको हो।


कार्यक्रममा गैडाकोट नगरपालिका वडा अध्यक्ष ,जनप्रतिनिधि, समाजसेवी व्यक्ति, ,खेलप्रेमी व्यक्तिहरूको उपस्थिति रहेको थियो।


गैंडाकोट नगर खेलकुद विकास समितिका सदस्य डीलकुमारी घिमिरेले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको गैंडाकोट नगरखेलकुद विकास समितिका सदस्य सचिव रामप्रसाद अधिकारीले सहजीकरण गर्नुभएको थियो।