गण्डकी सहकारी : २० करोड शेयर पूँजी, २० करोडकै जगेडा कोष

२०८२ असार १९ बिहीबार ०५:४७:०० मा प्रकाशित


नवलपरासी पूर्व ।  गण्डकी बचत तथा क्रण सहकारी संस्थाले सदस्यमैत्री बनेर आफ्ना सदस्यहरुलाई आर्थिक तथा गैर आर्थिक कार्यहरु गर्दै आएको छ । वि.सं. २०५० सालमा ६० जना सदस्यबाट सञ्चालनमा आएको गण्डकी बचत तथा क्रण सहकारी संस्थामा हालसम्म आइपुग्दा १७ हजार सदस्यहरु आवद्ध रहेका छन् । संस्थाले सदस्यहरुबाट अहिले १ अर्ब ४५ करोड बचत संकलन गरेको छ भने करिब २० करोडको हारहारीमा सेयर पूँजी संकलन गरेको छ । संस्थाले १ अर्ब १३ करोड कर्जा लगानी गरेको छ ।

संस्थामा अहिले करिब २० करोड रुपैँया जगेडा कोष रहेको गण्डकी बचत तथा क्रण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सुवेदीले बताउनुभएको छ ।  यस संस्थाले आफ्ना सदस्यहरुको गुनासो र आवश्यकतालाई बुझेर वित्तीय तथा गैरबीत्तिय सेवालाई प्रविधीसँग जोडेर मोबाइल एप्लिकेसनको प्रयोग तथा त्यसको लाभको बारेमा आफ्ना सदस्यहरुलाई जानकारी गराउँदै आएको छ ।  मोबाइल एप्लिकेसनको प्रयोगबाट पैसा धेरै बोक्नुपर्ने झन्झन्ट नरहँदा सदस्यहरु पनि खुशी भएका छन् ।

गण्डकी साकोसलाई उत्कुष्ट बनाउनका लागि नयाँ नीति तथा कार्यक्रम ल्याउने र बजेटका कार्यक्रमहरु ल्याउने प्रक्रियामा रहेको र संस्थाले आफ्ना सदस्यहरुलाई वित्तिय तथा गैरवित्तिय कार्यक्रमहरु दिइरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सुवेदीको भनाइ छ ।