“घुमन्ते व्यवसायले गर्दा दर्ता गरेर कर तिरेका व्यवसायी मर्कामा पर्यौँ”

२०८२ असार १९ बिहीबार ०७:४१:०० मा प्रकाशित


नवलपरासी पूर्व । गैँडाकोटमा ठेला तथा गाडीमा गाउँगाउँमा गएर गरिने घुमन्ते व्यवसायको कारण कर तिरेर बस्ने व्यवसायी मर्कामा परेको व्यवसायीहरुको गुनासो छ । दर्ता भइ व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुको भेलाले घुमन्ते व्यवसाय र पोके व्यवसाय नियन्त्रण तथा व्यवस्थापन गर्नुपर्ने बताएको छ । केही दिन अघि गैँडाकोट ७ हरिहर चोकमा बसेको व्यवसायीहरुको भेलाले यस विषयमा बृहत छलफल गर्ने निर्णय गरेको छ ।

गैँडाकोट नगरपालिका भित्र अव्यवस्थित रुपमा सञ्चालन भएका घुमन्ते तथा पोके व्यवसायलाई नियन्त्रण र व्यवस्थापन गरी उपभोक्ताहरुलाई गुणस्तरीय सेवा सुविधा प्रदान गर्न, दर्ता भइ सञ्चालन भएका व्यवसायको हकहित संरक्षणका लागि सरोकारवाला निकायलाई जवाफदेही बनाउने निर्णय गरिएको स्थानीय व्यवसायि भानु सापकोटाले बताउनुभएको छ । स्थानीय व्यवसायी भानु सापकोटा भन्नुहुन्छ “ध्वनी प्रदुषण त छँदैछ, त्यही माथि अस्वस्थ व्यवसायले बजारमा राम्रो सन्देश गएको छैन, यस्ता घुमन्ते तथा पोके व्यवसायलाई नियन्त्रणमा लिनुपर्दछ कि उनिहरुलाई पनि दर्तामा ल्याउनुपर्दछ ।”