पूर्वपश्चिम राजमार्गको विनयी खोला पुल सञ्चालनमा

नवलपरासी पूर्व । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल– नारायणगढ सडकखण्डको दुम्कीबासस्थित विनयी खोलामा निर्माण गरिएको नयाँ पुल सञ्चालनमा आएको छ । पुल नहुँदा सडक अवरुद्ध भइरहने विनयी खोलामा आजदेखि नयाँ पुल सञ्चालनमा आएको नागढुंगा–मुग्लिन सडकको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।
योसँगै पूर्वपश्चिम राजमार्गमा यातायात सञ्चालनमा केही सहजता भएको छ । यसअघि पुल नहुँदा यात्रुहरूले सास्ती व्यहोर्नु परिरहेको थियो । पुल भत्किएको ठाउँमा डाइभर्सन बनाइएको भए पनि बाढीले बगाउने गरेकोले आवतजावतमा समस्या पर्ने गरेको थियो ।डाइभर्सन बिग्रिएपछि स्थानीय प्रशासनले सवारी साधन सञ्चालनमा रोक लगाउने गरेको थियो ।