गैंँडाकोट नगरभित्रका १६ खेलाडीलाई सम्मान

२०८२ असार १९ बिहीबार ०६:०२:०० मा प्रकाशित


नवलपरासी पूर्व । गैँडाकोट नगरभित्रका विभिन्न खेल खेल्ने खेलाडीहरूलाई सम्मान एवं पुरस्कार वितरण गरिएको छ ।  स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद, राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरका लागि खेलकुद भन्ने मूल नाराका साथ गँैडाकोट नगर खेलकुद विकास समितिको आयोजनामा नगरपालिकाको सभाहलमा बुधबार गैंडाकोट नगरभित्रका १६ जना खेलाडीहरूलाई नगद सहित सम्मान एवं पुरस्कार वितरण गरिएकोे गैँडाकोट नगर खेलकुद बिकास समितिका अध्यक्ष धामनाथ सापकोटाले बताउनुभयो । अध्यक्ष सापकोटाले नगर खेलकुदले अगामी दिनमा पालिका स्तरका, वडा स्तरका खेलहरु खेलाउने र यहाँका खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउन सक्ने बनाउने बताउनुभयो ।

गैंँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले नगर खेलकुद विकास समिति गठन गरेपछि आफुहरुले पालिकामा धेरै विधामा खेलकुद सञ्चालन गरेको र अगामी दिनमा गैँडाकोट नगरपालिकालाई खेलकुदको हबको रुपमा बिकास गराउने बताउनुभयो । 

गैंँडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइरालाले नगरभित्रका खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सक्षम बनेर ब्यवसायिक रुपमा खेल खेल्नको लागि यस्ता कार्यक्रमले अझै हौसला बढ्ने बताउनुभयो ।

गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले नगर खेलकुद समितिको गठनपछि खेलकुदको विकास तीव्र रुपमा भएको बताउनुभयो । खेलकुदको बिकासका लागि अगामि दिनमा हुने कार्यक्रमको लागि नगरले धेरै बजेट छुट्टाएको पनि बताउनुभयो । 


कार्यक्रममा नगर खेलकुद बक्सिङ, भलिबल, क्रिकेट, ब्याडमिन्टन, फुटबल, तेक्वान्डो, स्क्र्यावल, कराँते र हक्की गरि नौ वटा विधाबाट १६ जना खेलाडीलाई सम्मान गरिएको छ । बक्सिङबाट सोहम आले  र प्रतिज्ञा बिक, भलिबलबाट मनोज सुगरपाक र चनि माया सिंजालि, क्रिकेटबाट रिजन काफ्ले र श्रेया शर्मा , ब्याडमिन्टनबाट सुरभि न्यौपाने, फुटबलबाट सेनु परियार र आकास थापा मगर, तेक्वान्दोबाट इसिका सोति मगर र मनिस छिनाल, स्क्र्यावलबाट अर्नव पाण्डे, कराँतेबाट हरिबहादुर परियार र सजिना सारुमगर,  हक्कीतर्फबाट सृष्टि मगर र सुरज नेपाली सम्मानित हुनु भएको छ । 


उहाँहरुलाई नगद र दोसल्ला सहित सम्मान गरिएको छ । गैंडाकोट नगर खेलकुद विकास समितिका सदस्य डीलकुमारी घिमिरेले अतिथि तथा खेलाडीहरुलाई स्वागत गर्नुभएको थियो । मन्तव्य राख्नुभएको कार्यक्रमको गैँडाकोट नगर खेलकुद विकास समितिका सदस्य सचिव रामप्रसाद अधिकारीले सहजीकरण गर्नुभएको थियो ।