कालिकामा भारी छुट सहित विज्ञान संकाय

२०८२ असार १८ बुधबार १६:२०:०० मा प्रकाशित


नवलपरासी पूर्व । कालिका नमुना माध्यमिक विद्यालयमा भारी छुट सहित विज्ञान संकाय सञ्चालनमा आएको छ । यस वर्षदेखि विज्ञान संकायको पठनपठन सुरु गरेको छ । विहिबार विहान ७ बजे प्रवेश परीक्षा राखिएको विद्यालयका प्रधानाध्यापक होमनाथ शर्माले बताउनुभयो । विज्ञान संकायको पहिलो वर्ष भएको कारण शुल्कको बारेमा लचिलो बन्नेछौँ भन्दै प्रधानाध्यापकले भन्नुभयो “ अभिभावकको सुझाब, सल्लाह, चाहना र योग्यताका आधारमा शुल्कका बारेमा पछि तय गरिनेछ, यस वर्ष दक्षजनशक्तिबाट भारी छुट सहित विज्ञान संकायमा पठनपाठन गर्ने  सोच बनाएका छौँ ।”


कालिका नमुना माध्यमिक विद्यालयमा व्यवस्थापन र शिक्षा संकाय पनि सञ्चालनमा रहेको छ । व्यवस्थापन र शिक्षा संकायमा पढ्न आउने विद्यार्थीको एसईईको नतिजा÷ग्रेडका आधारमा पनि विशेष छुटको व्यवस्था गरिने प्रधानाध्यापक शर्माले बताउनुभयो । यस वर्ष विज्ञान विषयका लागि ३० वटा मात्र कोटा रहेको विद्यालयले जनाएको छ । सुन्दर, शान्त वातावरणमा पठनपाठन गरिने र गुणस्तरमा कुनै सम्झौता नगरीकन पठनपाठन सुरु हुने प्रधानाध्यापक शर्माको भनाइ छ ।