गैंडाकोटमा सञ्चालन भएको दुई दिने आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न

२०८२ असार २१ शनिबार १३:३६:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोट नगरपालिकाको आयोजना तथा जनकल्याण महिला समूह, गैंडाकोट-४ को सहकार्यमा सञ्चालन भएको दुई दिने आधारभूत प्राथमिक उपचार तालिम शुक्रबार सम्पन्न भएको छ। बिहीबार पुरानो सहजमा सुरु भएको तालिमको शुक्रबार समापन भएको हो ।


तालिममा सहज स्वास्थ्य क्लिनिककी प्रोपाइटर तथा कार्यक्रम संयोजक नर्स भागीरथी पोखरेल आचार्य र विद्यालय नर्स अस्मिता अधिकारी प्रशिक्षकका रूपमा रहनुभएको थियो । प्रशिक्षक आचार्यले सर्पदंश, पानीमा डुब्दा गरिने प्राथमिक उपचार, महिनावारीका बेला हुने समस्या समाधान लगायत आकस्मिक अवस्थामा अपनाउनुपर्ने उपचारका तरिकाबारे प्रशिक्षण दिनुभयो। उहाँले सामान्य कुरामा पनि सचेत रहन आग्रह गर्दै, ध्यान नदिँदा अनावश्यक रूपमा मान्छेले ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्ने बताउनुभयो ।

त्यस्तै, प्रशिक्षक अस्मिता अधिकारीले विद्युतीय उपकरणको असावधानीपूर्ण प्रयोगले पछिल्ला दिनमा धेरै मानिसको ज्यान गएको उदाहरण दिँदै दैनिक जीवनमा आउने विद्युतीय उपकरणलाई सामान्य रुपमा नलिन आग्रह गर्नुभयो। साथै, उहाँले मानसिक स्वास्थ्यबारे समेत सहभागीहरुलाई सचेत गराउनुभयो।




कार्यक्रमको समापन सत्रमा जनकल्याण महिला समूहकी अध्यक्ष लक्ष्मी लामिछाने पोखरेलले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न र अरुलाई पनि सिकाउन सहभागीहरुलाई आग्रह गर्नुभयो ।


त्यस अवसरमा गैंडाकोट वडा नं ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरेले तालिम सञ्चालनमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिंदै, यस्ता सचेतनामूलक तालिमहरूले समुदायलाई प्रत्यक्ष फाइदा पु¥याउने बताउनुभयो।


तालिममा जनकल्याण महिला समूहका सदस्यहरु लगायत अन्य महिला दिदीबहिनीहरुको सक्रिय सहभागिता रहेको थियो ।