सर्लाहीमा परालको भुसभित्र लुकाइ ल्याइएको काजु बरामद

२०८२ असार २२ आइतबार १३:०६:०० मा प्रकाशित

सर्लाही । सर्लाहीको बागमती नगरपालिका-१२ स्थित चेकपोस्टमा प्रहरीले काजु बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी निरीक्षक सुभाष यादवको नेतृत्वमा खटिएको टोलीले आइतबार बिहान करिब ११ बजे चेकजाँचका क्रममा मदनपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ग २ ख १४१८ नम्बरको मिनी ट्रक जाँच गर्दा परालको भुसभित्र लुकाई ल्याइराखिएको काजु फेला पारेको हो ।

 

बरामद गरिएको काजुको तौल तथा मूल्य भने सार्वजनिक गरिएको छैन । प्रहरीले ट्रकसहित बरहथवा नगरपालिका-१३ बसबरीया घर भएका ५६ वर्षीय ट्रक चालक राजबंशी झालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका चालकसहित ट्रक र काजु इलाका प्रहरी कार्यालय कर्मैयामा राखिएको छ । प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।