चितवनमा ट्रयाक्टरको ठक्करबाट एक वृद्धको मृत्यु

२०८२ श्रावण १ बिहीबार १२:४४:०० मा प्रकाशित

चितवन ।  रत्ननगर नगरपालिका–१६, पिठुवा दोबाटो बजारमा भएको सवारी दुर्घटनामा एक साइकल यात्रीको ज्यान गएको छ । दुर्घटना बिहीबार बिहान करिब १० बजे खैरहनी नगरपालिका तर्फबाट दोबाटो बजारतर्फ आइरहेको ना ३ त ७४३० नम्बरको ट्र्याक्टरले साइकललाई ठक्कर दिँदा रत्ननगर–१६, सेवाकेन्द्र टोलका ७० वर्षीय कृष्णबहादुर पन्तको मृत्यु भएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख डीएसपी रञ्जनले जानकारी दिए ।

 गम्भीर घाइते भएका पन्तलाई वडाध्यक्ष हेमराज थापा र स्थानीयवासीको सहयोगमा तत्काल उपचारका लागि रत्ननगरस्थित बकुलहर अस्पताल लगिएकोमा बिहान १०ः२२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको डीएसपी अवाले बताए ।

मृतकको शव पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको छ । यस सम्बन्धमा चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।