विकूको व्यवस्थापनलाई करिब १२ अर्बको वित्तीय लक्ष्य

नवलपरासी पूर्व । विकू बचत तथा ऋण सहकारी संस्था लि.को चालु आर्थिक वर्ष २०८२/८३ को वित्तिय लक्ष्य तथा कार्य विवरण हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को लागि विकू बचत तथा ऋण सहकारी संस्था लि.को व्यवस्थापनलाई करिब १२ अर्बको वित्तीय लक्ष्य दिइएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाले व्यवस्थापन प्रमुख माधवप्रसाद पौडललाई वित्तिय लक्ष्य तथा कार्य विवरण हस्तान्तरण गर्नु भएको थियो । संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटा, उपाध्यक्ष कालिदाश गौडेल, लेखा सुपरिवेक्षण समितिका संयोजक कमल सुवेदी, सचिव गोविन्द कंडेल, कोषाध्यक्ष पुष्पराज बराल, सहसचिव लक्ष्मण पौडेल, सञ्चालकहरु देवेन्द्र राना, दिलमाया श्रेष्ठ, शोभाखर कंडेल, मुनाकुमारी धनन्जय, शेषकान्त कोइराला, लेखा सुपरिवेक्षण समितिका सदस्य सुरेन्द्र तिवारीले वित्तिय लक्ष्य तथा कार्य विवरण अनुसारको उपलव्धिका लागि शुभकामना व्यक्त गर्नु भएको छ ।
व्यवस्थापन प्रमुख माधवप्रसाद पौडलले सञ्चालक समितिवाट प्राप्त वित्तिय लक्ष्य तथा कार्य विवरणको प्राप्तीका लागि प्रतिवद्धता व्यक्त गर्नु भएको छ । गत वर्षको लक्ष्यमा करिब ८७ प्रतिशतको उपलब्धी विकूले हासील गरेको छ ।