एसईई ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको नियन्त्रण कार्यालय, कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज (शनिबार) सूचना जारी गर्दै २०८१ साल चैत्र ७ गतेदेखि सञ्चालन भएको एसईईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक गरेको हो । परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन हुनेछ।