अर्किड कलेजका विद्यार्थीहरूको शानदार सफलता

२०८२ श्रावण २० मंगलबार १६:५८:०० मा प्रकाशित

चितवन । यस वर्ष पनि राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८२ सालको वार्षिक परीक्षामा अर्किड कलेज, भरतपुर (चितवन) का छात्रहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्।


दुई मेधावी छात्र प्रविन ढकाल र प्रनिल न्यौपानेले ३.९६ जिपिए प्राप्त गर्दा स्वीकार पौडेल र सन्देश सापकोटाले ३.९४ जिपिए हासिल गरेका छन्। यसैगरी, ८ जना छात्रहरूले ३.९० भन्दा माथि जिपिए ल्याएका छन् भने उक्त परीक्षामा कुल ८० जना विद्यार्थीहरूले ३.६ देखि ३.९६ जिपिए सम्मको उत्कृष्ट परिणाम हासिल गरेका छन्।

शैक्षिक सफलतासँगै प्रवेश परीक्षामा पनि उनीहरूले आफ्नो क्षमता प्रमाणित गरेका छन्। काठमाडौं विश्वविद्यालयबाट हालै सम्पन्न इन्जिनियरिङ प्रवेश परीक्षामा प्रविन ढकाल दोस्रो स्थानमा र प्रनिल न्यौपाने बाह्रौँ स्थानमा उत्तीर्ण भएका छन्।  


त्यसैगरी, अञ्जली चौरसियाले भारतको राष्ट्रिय प्रविधि संस्थान (एन.आइ.टी) मा भारत सरकारको भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आई.सी.सी.आर) छात्रवृत्ति अन्तर्गत कम्प्युटर इन्जिनियरिङ कार्यक्रमका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेकी छन्।