मौसम पूर्वानुमानः बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव
काठमाण्डौं । हाल दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव रहेको छ । आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
त्यस्तै, आज राती कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।