सरस्वती निकेतन आवासीय माविमा नयाँ वि.व्य.स र शिक्षक–अभिभावक संघ गठन 

२०८२ पौष १२ शनिबार १९:१५:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं १ मा अवस्थित पुरानो विद्यालय सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयको शनिबार सम्पन्न बिशेष बैठकले नयाँ विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरेको छ ।

नवगठित विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कमलापति शर्मा, सदस्य सचिवमा प्रधानाध्यापक भरतबाबु कंडेल, सदस्यहरुमा नरेश आचार्य, लक्ष्मी आचार्य गौँडेल र शिक्षक प्रतिनिधिमा राजेन्द्रप्रसाद रेग्मी चयन हुनुभएको विद्यालयका प्रधानाध्यापक भरतबाबु कंडेलले जानकारी दिनुभयो । 


त्यसैगरी शिक्षक अभिभावक संघको अध्यक्षमा ऋषिराम भण्डारी, सदस्यहरुमा शान्त पाण्डे, मनिषा कोइराला, माधव कुमाल, रिता कुमाल, उमा लोहनी अधिकारी, सिता तिमिल्सेना, बसन्ती पौडेल, सुनिता कंडेल र शिक्षक प्रतिनिधिमा देवकी खत्री क्षेत्री चयन हुनुभएको छ ।

त्यसैगरी सल्लाहकार समितिमा मोतिचन्द्र चालिसे, देवेन्द्र सापकोटा, मञ्जु सापकोटा र चन्द्रकला पौडेल चयन हुनुभएको हो । सो कार्यक्रममा विद्यालय परिवारको तर्फबाट आफ्नो सफल कार्यकाल पूरा गरेकोमा पूर्व विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघलाई  धन्यवाद व्यक्त गरिएको थियो ।