रवि र बालेनबीच ७ बुँदे सहमति
काठमाडौँ / आगामी निर्वाचनमा मिलेर जानेबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बीच ७ बुँदे सहमति भएको छ ।
सहमतिपत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी र घण्टी चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने उल्लेख छ । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने हुने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि बालन्द्र शाह (बालेन) प्रधानमन्त्रीको उम्मेदवार बन्ने उल्लेख छ ।
