नमुना भैंसी पालक कृषक समुह गैंडाकोट ८ को तेस्रो साधारण सभा सम्पन्न,

( रामबन्धु पौडेलको अध्यक्षमा ९ सदस्यीय समिती गठन )

२०८२ पौष १३ आइतबार १९:१६:०० मा प्रकाशित

गैंडाकोट । नमुना भैंसी पालक कृषक समुह गैंडाकोट ८ को  तेस्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । 


नमुना भैंसी पालक कृषक समुह गैंडाकोट ८ मा रामबन्धु पौडेलको अध्यक्षमा ९ सदस्यीय समिती गठन गरिएको छ । त्यस्तै, उपाध्यक्षमा, वासुदेव आचार्य, सचिवमा बालकृष्ण केसी, कोषाध्यक्षमा मुना पाण्डे चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरुमा रविलाल कंडेल, गिता पौडेल, खेम न्यौपाने, खगराज गौतम र तिलक प्रसाद कंडेल चयन हुनुभएको छ ।


यसअघि भएको समुहको साधारण सभामा सचिवको प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन समुहका कोषाध्यक्ष वासुदेव आचार्यले प्रस्तुत गर्नुभएको थियो । 


गैंडाकोट वडा नं ८ का वडाध्यक्ष प्रेम सापकोटाले अनुदान मध्येको अहिलेसम्मको १८ वटा वडामा पारदर्शी र निरन्तरता भएको गैंडाकोट ८ को नमुना भैंसी पालक कृषक समुह भएको बताउनुभयो । जे पनि संगठित भयो भने बल पुग्छ, त्यसभित्र प्रतिस्पर्धा हुन्छ र हरेक कुराको उत्सुकता हुने भन्ने कुरा यस समुहले देखाएको उहाँले बताउनुभयो । अध्यक्ष सापकोटाले वडामा ४ सय ९७ भैंसी, बाच्छाबाच्छी सहित  २ सय ८८ गााई, पाठापाठी सहित ८ सय ६३ बाख्राहरु र ७२ ओटा बंगुर वडामा रहेको जानकारी दिनुभयो । 


कार्यक्रममा गैंडाकोट पशु सेवा शाखा अधिकृत नगेन्द्र शाहले पशुको बारेमा पशुपालक कृषकहरुलाई आवश्यक पर्ने तालिमहरु विशेषज्ञहरुबाट पालिकाले प्रदान गर्दै आएको र आवश्यक परे अझै तालिम दिने बताउनुभयो । पशुहरुले पराल, घाँस खाँदा केही अड्किएमा जटिल रोग लाग्न सक्ने हुँदा त्यस्ता रोगहरु पशुमा लागेको छ की छैन भनि चेकजाँच गर्ने मेसिनहरु पनि पालिकामा रहेको बताँउनुभयो । अधिकृत शाहले पशु कृषकहरुलाई आवश्यक पर्ने उपकरणहरु ५० प्रतिशत नगरपालिकाले उपलब्ध गराउने बताउनुभयो ।


कार्यक्रममा टोल विकास सञ्जाल गैंडाकोट ८ का अध्यक्ष शशिधर न्यौपाने, विनायक कृषि सहकारी संस्थाका अध्यक्ष तिलकप्रसाद कंडेल, किसानको तर्फबाट खगराज गौतम, कृषि समुहको तर्फबाट तारानाथ सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


नमुना भैंसी पालक कृषक समुहका अध्यक्ष रामबन्धु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उपाध्यक्ष बालकृष्ण केसीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कोषाध्यक्ष वासुदेव आचार्यले सहजीकरण गर्नुभएको थियो ।