पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र कुहिरो

२०८२ पौष १४ सोमबार १९:१५:०० मा प्रकाशित

काठमाण्डौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति तराई भू-भागका अधिकांश स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

विजय एफएमसँग कुराकानी गर्दै मौसमविद् विभूति पोखरेलले आगामी तीन दिनसम्म नवलपुर र चितवनमा हुस्सु तथा कुहिरो लागिरहने बताउनुभयो । यद्यपि मध्यान्हपछि भने मौसममा केही सुधार देखिने उहाँको भनाइ छ ।