चिसो बढेसँगै मौलाकाली सामुदायिक वनद्धारा उपभोक्ताका लागी दाउरा वितरण
गैंडाकोट । जाडो मौसमलाई लक्षित गर्दै गैंडाकोटको मौलाकाली सामुदायिक वनले आफ्ना सदस्य, वृद्धध वृद्धधा तथा बालबालिकालाई दाउरा वितरण गरेको छ । अघिल्ला वर्षहरुदेखि नै दाउरा वितरण गर्दै आएको मौलाकाली सामुदायिक वनले यस वर्ष पनि आफ्नो क्षेत्रभित्रका ४०÷ ४५ ठाँउहरुमा दाउरा वितरण गरेको हो ।
जाडोको समयमा कुनै पनि बालबालिका तथा वृद्धध वृद्धधहरु चिसोमा कठ्यांग्रिएर नबसुन् भन्ने उदेश्यले उनीहरुलाई दाउरा वितरण गरेको मौलाकाली सामुदायिक वनका अध्यक्ष हरि प्रसाद सापकोटाले बताउनुभयो । अध्यक्ष सापकोटाले यस वर्ष अहिलेसम्म ४०÷ ४५ ठाँउमा दाउरा वितरण गरेको र आवश्यक परे अन्यलाई पनि वितरण गर्ने बताँउनुभयो ।
बढ्दो चिसोका कारण दिर्घरोगी, बालबालिका तथा बच्चाहरुको स्वास्थ्यमा धेरै समस्या आइरहेको अवस्थामा मौलाकालि सामुदायिक वनले गरेको यस्तो कार्य प्रंशसनीय रहेको छ ।